• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
Notices

नविकरणमा छुट सम्बन्धि सूचना !

2023-07-19

चितवन उद्योग संघको १६ औं कार्यसमितिको मिति २०८०/०३/२२ गते बसेको २२ औं नियमित बैठकको निर्णय अनुसार संघको १७ औं अधिवेशन तथा ३२ औं साधारणसभा असोज महिनाको तेश्रो हप्ता गर्ने योजना बनाईएको र संघको बिधानको प्रावधान बमोजिम त्यसअघि सदस्य उद्योगहरुको नविकरण गरिसक्नुपर्ने भएको हुँदा समयमै नविकरण गर्न हार्दिक अनुरोध गर्दछौं ।
साथै, आ.व.०८०/०८१ को लागि मात्र लागू हुने गरी श्रावण महिनामा नविकरण गरेको खण्डमा नविकरण शुल्कको १५ प्रतिशत र भाद्र महिनामा नविकरण गरेको खण्डमा १० प्रतिशत छुट प्रदान गरिने समेत जानकारी गराउँदछौं । तर पालिका समिति रहेको रत्ननगर, खैरहनी, कालिका, राप्ती, माडी र इच्छाकामनाका सदस्यहरुको हकमा छुट लिनका लागि सम्बन्धित पालिकाको साधारणसभा अगाडि नविकरण गरिसक्नु पर्ने व्यवस्था समेत निर्णय भएको हुँदा समयमै आ–आफ्नो उद्योगहरुको नविकरण गरी अद्यावधिक गर्नुहुन सम्पूर्ण उद्योगीज्यूहरुमा हार्दिक अनुरोध गरिन्छ ।
थप जानकारीको लागि ः
चितवन उद्योग संघ
भरतपुर–१०, प्रदर्शनीमार्ग, चितवन, फोन ः०५६–५९५०५२, ५९६०५२, ५९६८०९