• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

रुपन्देही र चितवनका महिला उद्यमीहरुबीच भेटघाट तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

2023-06-25
रुपन्देही र चितवनका महिला उद्यमीहरुबीच भेटघाट तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा चितवन र रुपन्देहीका महिला उद्यमी मञ्च बीच भेटघाट तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरको अध्यक्षतामा सम्पन्न भेटघाट तथा अनुभव आदान प्रदान कार्यक्रममा दुबै समितिका महिला उद्यमीहरुले आ–आफ्नो क्षेत्रमा आफूहरुले सञ्चालन गरेका उद्योगसँग सम्बन्धित अनुभवहरु साटासाट गरेका थिए ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरले स्वागत मन्तव्य सहित महिला उद्यमीको गतिविधि माथि प्रकाश पार्नु भएको कार्यक्रममा रुपन्देही उद्योग संघ महिला उद्यमी समितिका संयोजक दिलु शाहीले भ्रमणको उद्देश्य सहित रुपन्देही उद्योग संघ महिला उद्यमी समितिको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका महिला सचिव मञ्जु भुषाल, रुपन्देही उद्योग संघका निवर्तमान महिला सचिव एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिकी कार्यसमिति सदस्य माया खनालले महिला उद्यमीहरुले उद्योग सञ्चालनका क्रममा भोगेका समस्या र रुपन्देही क्षेत्र महिला उद्यमीहरुले गरेका गतिविधिहरु बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
छलफल कार्यक्रममा आएका जिज्ञासाहरुलाई चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले समाधान सहित संघका गतिविधिहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चका निवर्तमान अध्यक्ष सुधा सुवेदी पौडेल, चितवन उद्योग संघका उपाध्यक्षहरु गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, संघका कार्यसमिति सदस्य चन्दना कोइराला, घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशकी सदस्य बुद्धिमाया घले, रुपन्देही उद्योग संघका कार्यसमिति सदस्यहरु जमुना सुवेदी पोखरेल, शारदा रेग्मी भट्टराई, मिना थापा, रुपन्देही उद्योग संघका पूर्व कार्यसमिति सदस्यहरु रेनुका खरेल, सरला भण्डारी, रुपन्देही उद्योग संघ महिला उद्यमी समितिका सह–संयोजक शारदा सुवेदी, सदस्यहरु कमला के.सी., पूर्व सल्लाहकार शारदा पहारी, कम्प्युटर अपरेटर मालती कुँबर, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका सदस्यहरु अम्बिका धिताल, राधा शर्मा, गीता ढकाल, जुनु पौडेल अधिकारी, कविता श्रेष्ठ, सीता धिताल अधिकारी, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चका सचिव दक्षिणा गैरे न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
कार्यक्रम पश्चात महिला उद्यमीहरुले चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा सञ्चालन भएका मान्द्रो नेपाल, सूर्यकिरण फाइबर इण्डष्ट्रिज प्रा.लि., प्रकृति कपास उद्योग र कालिका क्षेत्रमा सञ्चालन भएको बि.एम.हस्तकला प्रशिक्षण उद्योगको स्थलगत अवलोकन गरेका थिए ।