• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

(PLC) सम्बन्धि सीप अभिवृद्धि तालिम शुभारम्भ सम्पन्न

2024-07-07
(PLC) सम्बन्धि सीप अभिवृद्धि तालिम शुभारम्भ सम्पन्न

(PLC) सम्बन्धि सीप अभिवृद्धि तालिम शुभारम्भ सम्पन्न

भरतपुर/चितवन उद्योग संघ र बागमती प्रदेश उद्योग परिसंघको संयुक्त आयोजना तथा इन्स्योर परियोजनाको आर्थिक सहयोगमा Programmable Logic Controller (PLC) सम्बन्धि सीप अभिवृद्धि तालिम शुभारम्भ सम्पन्न भएको छ ।

बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइरालाले स्वागत मन्तव्य राख्नुभएको शुभारम्भ कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले संघका परियोजना र संघका भावी योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा इन्स्योर परियोजनाका फोकल पर्सन चक्रपाणी तिमिल्सिना, तालिमका प्रशिक्षक ई.अनुज कुमार रौनियारले तालिमका उपयोगिताको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चकी उपाध्यक्ष सरिता पौडेल खनाल, बागमती प्रदेश उद्योग परिसंघका कार्यक्रम अधिकृत रञ्जु दास, संघका सञ्चार अधिकृत राजु भट्ट, पाठशाला अधिकृत कल्पना आचार्य लगायत २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई सह–आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित उद्घाटन सत्र समापन गर्दै तालिमका प्रशिक्षकलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।