• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

आ. व. २०८०/०८१ को नेपाल सरकारको बजेटको व्यवस्थाले उद्योग क्षेत्रमा पार्ने प्रभावका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न

2023-06-15
आ. व. २०८०/०८१ को नेपाल सरकारको बजेटको व्यवस्थाले उद्योग क्षेत्रमा पार्ने प्रभावका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न

 
भरतपुर/चितवन उद्योग संघको आयोजना एवम् नेपाल चार्टर्ड एकाउण्टेन्ट संघ बागमती प्रदेशको सहकार्यमा आ. व. २०८०/०८१ को नेपाल सरकारको बजेट तथा आर्थिक विधयेकमा भएको अन्त शुल्क, मू.अ.कर, भन्सार महशुल तथा आयकर सम्बन्धि व्यवस्थाले उद्योग क्षेत्रमा पार्ने प्रभावका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि दुवाडीले अन्त शुल्क, मू.अ.कर, भन्सार महशुल तथा आयकर सम्बन्धि व्यवस्थाको विषयमा छलफलका माध्यमबाट उद्योगीहरुलाई विस्तृत रुपमा बुझ्ने अवसर प्रदान गरेकोमा चितवन उद्योग संघप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्रोत व्यक्ति नेपाल चार्टर्ड एकाउण्टेन्ट संघ बागमती प्रदेशका संयोजक निशान पौडेलले आ. व. २०८०/०८१ को बजेट तथा आर्थिक विधयेकमा भएको अन्त शुल्क, मू.अ.कर, भन्सार महशुल तथा आयकर सम्बन्धि व्यवस्थाको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममका अतिथि आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख निरन भट्टराईले प्रस्तुतिमा आएका शीर्षकहरुले कर प्रणालीका विषयमा उद्योगीहरुलाई पूर्ण जानकार बनाउन उपयोगी हुने बताउनुभयो । सरकारको राजश्व नीतिमा उद्योगी र राजश्व कार्यालयबीच समन्वय हुन आवश्यक रहेको समेत बताउनुभयो ।
चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, पूर्व उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी,चितवन मेटल इन्जिनियरिङ्ग फ्रेबिकेशन उद्योग समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष राजु पुडासैनी, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु गोविन्द्रप्रसाद खनाल, गोपाल प्रसाद गैरे, डा.प्रमोद लामिछाने, दिनुपकुमार बराल, दुर्गालाल सापकोटा, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, संघका कार्यसमिति सदस्यहरु चन्दना कोइराला, विशाल चापागाई, महिला उद्यमी मञ्चका सदस्य कविता श्रेष्ठ, युवा उद्यमी मञ्चका सदस्य अश्विन गोले, चितवन प्रदर्शनी केन्द्रकी प्रमुख कार्यकारी अधिकृत शिलु श्रेष्ठ, साकोस व्यवस्थापक प्रमिला थापा, सञ्चार अधिकृत राजु भट्ट, लेखा अधिकृत सुरेन्द्र ठाकुर, कार्यक्रम अधिकृत कल्पना आचार्य, ईभेन्ट अधिकृत दिपक दुवाडी लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।