• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

शिक्षालाई उद्यमशिलतामा जोड्दै लैजानु पर्नेमा जोड

2024-07-03
शिक्षालाई उद्यमशिलतामा जोड्दै लैजानु पर्नेमा जोड

शिक्षालाई उद्यमशिलतामा जोड्दै लैजानु पर्नेमा जोड

भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजना तथा आरम्भ कलेजको सहकार्यमा Building a Startup Culture in Universities बिषयक प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ ।

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी उपाध्यक्ष सरिता पौडेलले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा कार्यक्रम अधिकृत कल्पना आचार्यले मोडरेटर गर्नुभएको थियो । सेमिनारको प्यानलिष्टहरुमा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती, संघको पूर्व उपाध्यक्ष प्रतिभा श्रेष्ठ, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका निर्देशक भरत दुवाडी, इन्जिनियर अधिकार चालिसे रहनुभएको थियो ।

सेमिनारको माध्यमबाट शिक्षालाई उद्यमशिलतामा जोड्दै, बिश्वविद्यालयमा नै स्टार्टअप कल्चरमा बहस चलाउनु पर्ने प्यानलिष्टहरुले आफ्नो भनाई राखेका थिए ।

प्यानलिस्ट प्रतिभा श्रेष्ठले नेपालमा उद्यमशिलता फस्टाइरहेछ की घट्दै गईरहेछ ? युवाहरु नेपालमा भबिष्य नदेख्नुको कारण के ?, नेपालमा लगानीका क्षेत्रहरु र अवसरहरु के के हून सक्छन् जस्ता विषयमा प्रस्ट्याउनु भएको थियो ।

त्यस्तै प्यानलिस्ट भरत दवाडीले उद्योगहरुको अहिलेको मुख्य चुनौतीहरु के के हुन् ? नेपालमा अर्गानिक बस्तुहरुको व्यवसाय कस्तो छ ? युवाहरुलाई उद्यमशिलतामा लाग्न सरकारको तर्फबाट गरेका प्रयासहरु लगायतका बिषयमा बहस गर्नु भएको थियो ।

त्यसैगरी प्यानलिस्ट चितवन उद्योग संघको महिला उद्यमी मञ्चको अध्यक्ष सृजना सोतीले नेपालमा महिला उद्यमीहरुले उद्यमशिलतामा पु–याएको योगदानको अवस्था, लगायतका बिषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

अर्का प्यानलिस्ट अधिकार चालिसेले नेपालमा उद्यमशिलतामा युवा बर्गको रुची र चासो, युवालाई उद्यमशिलतामा लाग्न दिन हाम्रा शिक्षा पद्धती नीतिगत तहमा आवश्यक गर्नुपर्ने, परिबर्तन आदि बिषयमा बहस गर्नु भएको थियो । कार्यक्रममा सहकार्य गरेको आरम्भ कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले शिक्षालाई सिपमा जोड्ने कार्यमा आफुहरु लागीरहेको बताउनु भयो । कार्यक्रममा बिद्यार्थी बर्गहरुबाट आएका स्टार्टअप सँग सम्बन्धित जिज्ञासाहरुलाई प्यानलिस्टहरुले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका कार्यसमिति सदस्यहरु राधा शर्मा, गोमा कुमारी खड्का, बिनिता बराल, अधिबक्ता तथा लेखक सरिता तिवारी, संघका सञ्चार अधिकृत राजु भट्ट, आरम्भ कलेजका बि आई एम प्रोगाम प्रमुख, बि.एच एम प्रमुख साथै बि. आई एम र बि.एच एमका बिद्यार्थिहरु लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी निबर्तमान अध्यक्ष पार्वती कूबँरले प्यानलिस्टहरुलाई मायाको चिनो प्रदान गर्नु भएको कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष कविता श्रेष्ठले धन्यबाद मन्तब्य सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।