• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न

2024-05-16
औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न

भरतपुर/चितवन उद्योग संघको आयोजनामा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र उद्योग तथा वाणिज्य कार्यालयका प्रमुखसँग परिचयात्मक तथा औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै चितवन उद्योग संघको परियोजनाहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आर्थिक मन्दीको समयमा समेत उद्योग, व्यवसायलाई जीवन्त राख्न लागिरहनु भएका उद्योगीहरुका समस्याहरुलाई समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास रहने बताउनुभयो । भारतीले आ.व.०८१÷०८२ को बजेटको अन्तिम तयारी रहेको समयमा महानगर र संघबीच छलफल बढाई औद्योगिक प्रबद्र्धनात्मक कार्यमा अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलले संघ र उद्योग तथा वाणिज्य कार्यालयको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै औद्योगिक प्रर्बद्धन गर्ने कार्यमा आफूहरु सदैव तयार रहेको बताउनुभयो ।

पौडेलले उद्योग र उद्योगीहरुको समस्याको समाधानका लागि कार्यालयबाट प्रदान गरिने सेवामा सहज बनाउँदै उद्योग तथा वाणिज्य कार्यालयको कामलाई नमूनायोग्य बनाउन उद्योगीहरुको सल्लाह, सुझावको समेत अपेक्षा समेत गर्नुभयो ।

कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, संघका पूर्व अध्यक्षहरु कृष्णप्रसाद अधिकारी, हरि प्रसाद सुवेदी, संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, गोपाल प्रसाद गैरे, कार्यसमिति सदस्यहरु उमाकान्त पौडेल, गोविन्द्रप्रसाद खनाल, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, ओमकार कँडेल, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चका अध्यक्ष सृजना सोती, कार्यसमिति सदस्य प्रकाश पौडेल, महिला उद्यमी मञ्चका निवर्तमान अध्यक्ष पार्वती कुँवर, महिला उद्यमी मञ्चका उपाध्यक्ष सरिता खनाल पौडेल, महिला उद्यमी मञ्चका कार्यसमिति सदस्य गोमा कुमारी खड्का लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।