• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

सातदिने उद्यमशीलता विकास तथा अचार बनाउने तालिमको समापन

2023-07-11
सातदिने उद्यमशीलता विकास तथा अचार बनाउने तालिमको समापन

भरतपुर/घरेलु तथा साना उद्योग कार्यालय चितवनको आयोजना तथा चितवन उद्योग संघको समन्वय र चितवन उद्योग संघ महिला उद्यमी मञ्चको सहकार्यमा सञ्चालित सातदिने उद्यमशीलता विकास तथा अचार बनाउने तालिमको समापन भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका कार्यालयका प्रमुख धिरेन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि कँडेलले तालिम सिक्नको लागि नभई उद्यमशिलतामा लागि व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई उद्यमशिलताको मार्फत अगाडि बढ्न चितवन उद्योग संघबाट हुने सहयोगका लागि आफूहरु तयार रहेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका अधिकृत नारायण प्रसाद खनालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रशिक्षक एवम् खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कार्यालय प्रमुख घनानाथ अधिकारी, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरले तालिम निकै फलदायी भएको र यसलाई उद्यमको रुपमा परिणत गर्न आग्रह समेत गर्नुभयो ।
समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सिता धिताल अधिकारीले तालिममा सिकेका अनुभवहरु सुनाउनु भएको थियो । कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक बन्दना पन्त, चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा कार्यक्रमका प्रमुख त्रिलोचन कँडेलले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गर्नुभएको थियो । असार १८ गतेदेखि सञ्चालन भएको तालिममा २० जनाको सहभागिता रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनकी उद्यम विकास सहजकर्ता एवम् प्रशिक्षक रञ्जु भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई घरेलु तथा साना उद्योग कार्यालय चितवनका कार्यालयका प्रमुख धिरेन्द्र प्रसाद पोखरेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।