• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

चितवन प्रदर्शनी केन्द्रमा “शनिबारे मेला”

2023-07-13
चितवन प्रदर्शनी केन्द्रमा “शनिबारे मेला” हुने

प्रेस विज्ञप्ति
मिति ः २०८० असार २८ गते, बिहीबार

चितवन उद्योग संघले स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही मिति २०८० साउन ०६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुर चितवनमा “शनिबारे मेला” Saturday Mart आयोजना गर्न लागेको छ । मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने प्रदर्शनीमा स्थानीय तहहरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनहरुको स्टल रहनेछ ।

प्रदर्शनीमा ताजा फलफुल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, हस्तकलाका सामाग्रीहरु, अण्डा, माछा तथा गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु रहने छन् । प्रदर्शनीमा स्टल राख्न चाहनेहरुको लागि प्रति दिन प्रति स्टल रु १,०००।– सहभागिता शुल्क लाग्नेछ ।

मेला स्थल आसपासमा नीजि तथा सरकारी संस्थाहरुमा कार्यरत २० हजार भन्दा बढी जागिरे, स्थानीय टोल तथा छिमेकी पालिकाहरुका व्यक्तिहरु नै मेलाका मुख्य लक्षित ग्राहकका रुपमा रहनेछन् भने, मेलामा राखिने विशेष परिकार तथा उत्पादनहरु जिल्ला बाहिर पठाउनका लागि समेत बिक्री गरिने लक्ष्य लिइएको छ ।   

उत्पादक र उपभोक्ताहरुलाई एउटै छानामुनी प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन १००० भन्दा धेरै स्थानिय खरिदकर्ताको उपस्थिति हुने अपेक्षा राखिएको छ । मेलामा अवलोकन गर्न आउने ग्राहकहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको मेलालाई "Farm to Kitchen"अवधारणा अनुसार उत्पादक र उपभोक्ताहरुको माग बमोजिम आवश्यकता अनुसार परिस्कृत गर्दै नयाँ वस्तु तथा उत्पादनहरु सार्वजनिक गर्ने, खरिदकर्ता तथा विक्रेताको जमघट हुने र उद्यमीहरुको भेटघाट हुने उपयुक्त स्थलको रुपमा विकसित गरिने लक्ष्य लिइएको छ ।  

शनिबारे मेलाको उद्देश्यहरु ः
    स्थानियहरुलाई एकै स्थानमा जम्मा गराएर अधिकांश उपभोग्य वस्तुहरु एकै ठाउँमा खरिद बिक्री भई आर्थिक गतिविधि चलायमान बनाउन टेवा पु¥याउने ।
    स्थानिय खाना तथा खानाको परिकारहरुको स्वाद लिने अवसर प्रदान गर्ने ।
    साथीभाई, उद्योगी तथा उद्यम गर्न चाहनेहरुसँग प्रत्यक्ष भेटघाटको अवसर मिल्ने ।  

शनिबारे मेलामा विक्रेता÷प्रदर्शकका लागि महत्व ः
    स्थानिय कृषक, उद्योगी, कृषी÷कृषक समुह तथा कृषि सहकारीको उत्पादनहरुको विक्रि वितरणका माध्यमबाट प्रतिस्पर्धात्मक लाभ हासिल गर्ने अवसर मिल्ने ।
    उद्यम विकास तथा प्रवद्र्धन गर्ने सुनौलो अवसर मिल्ने ।
    उत्पादनको ब्राण्डिङ्ग गर्न उपयुक्त माध्यम हुने ।


त्रिलोचन कँडेल
अध्यक्ष
चितवन उद्योग संघ