• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

बाहिनीपति र उद्योगीहरुबीच औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न

2024-02-22
बाहिनीपति र उद्योगीहरुबीच औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न

बाहिनीपति र उद्योगीहरुबीच औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न

भरतपुर/चितवन उद्योग संघको आयोजनामा शसस्त्र प्रहरी बल नेपाल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति र उद्योगीहरुबीच औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति गणेश ठाडा मगरलाई स्वागत गरिनुका साथै औद्योगिक प्रबद्र्धनका विषयमा छलफल समेत गरिएको थियो ।

चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागत मन्तव्यसँगै संघका महत्वपूर्ण परियोजनाहरु चितवन प्रदर्शनी केन्द्र, जुरेथुम्का औद्योगिक शिक्षालय, औद्योगिक पाठशाला, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र लगायतका क्षेत्रहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट व्यक्तित्व शसस्त्र प्रहरी बल नेपाल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति गणेश ठाडा मगरले छोटो समयमा चितवन उद्योग संघको आतिथ्यताले आफूलाई निकै खुशी तुल्याएको र आगामि दिनहरुमा समेत औद्योगिक सुरक्षाका कार्यहरुमा सँगसँगै हातेमातो गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।