• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

राष्ट्रिय व्यवसायिक योजना प्रणाली, पूर्व सिकाईको मान्यता तथा रोजगार डाटाबेस सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

2023-06-29
राष्ट्रिय व्यवसायिक योजना प्रणाली, पूर्व सिकाईको मान्यता तथा रोजगार डाटाबेस सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

भरतपुर/सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजना, बागमती प्रदेश उद्योग परिसंघको समन्वय तथा चितवन उद्योग संघको सहकार्यमा राष्ट्रिय व्यवसायिक योजना प्रणाली, पूर्व सिकाईको मान्यता तथा रोजगार डाटाबेस सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुवाडीले उद्योगीहरुलाई आवश्यक पर्ने कर्मचारीहरुको विवरण सहितको डाटाबेस सहितको पोर्टल र व्यवसायिक योजनाहरुको बारेमा जानकारी दिने उद्देश्य अनुरुप कार्यक्रम राखिएकोमा कार्यक्रमको सफलताको कामना गर्नुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले कार्यक्रमले उद्योगहरुमा दक्ष कर्मचारीहरुलाई टिकाई राख्न कस्ता खाले योजनाहरु आवश्यक पर्दछन् भन्ने विषयमा ज्ञान प्राप्त भएकोले कार्यक्रम फलदायी भएको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा प्राविधिक संयोजक सुकबहादुर चौधरी र मोनिटरिङ्ग अफिसर सन्देश श्रेष्ठले रोजगारदाता डाटाबेस बारे प्रशिक्षण दिनुभएको थियो । सामाजिक विकास मन्त्रालयकी अधिकृत (आठौं) रन माया फ्याकले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरु युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, महिला तथा युवा उद्यमी मञ्चका पदाधिकारी एवम् सदस्यहरु, वस्तुगत समितिका अध्यक्ष एवम् सदस्यहरु लगायतका उद्योगीहरुको उपस्थिति रहेको थियो ।