Chitwan Association of Industries
Bharatpur-10, Exporoad, Chitwan, Bagmati Province"AN ISO 9001:2015 CERTIFIED ORGANIZATION"
औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ को नेपाल सरकारका उद्योगमन्त्रीबाट उद्घाटन हुने
“नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” र “नेपालमा दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” शीर्षकमा सेमिनार हुने
भरतपुर/चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा २०८१ बैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा सञ्चालन हुन लागेको “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” को तयारी अन्तिम चरणमा पुगेको छ । प्रर्दशनीको नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीज्यूद्वारा समुद्घाटन हुने कार्यक्रम रहेको छ ।
स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना हुँदैछ । प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहनेछन् ।
स्वदेशी तथा विदेशी गरी २५००० भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करीब १५० स्टलहरु रहनेछन् ।
प्रदर्शनीको दोश्रो दिन बिहान ११ः०० बजेदेखि ३ः०० बजेसम्म “नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” र चौथो दिन “नेपालमा दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” शीर्षकमा प्यानल डिस्कशन सहितको सेमिनार हुँदैछ ।
पहिलो दिनको सेमिनारको प्यानलिष्टमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश प्रसाद गुप्ता, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, शहीद स्मृति बहुमुखी क्याम्पसका प्राध्यापक सागर तिवारी, बोष्टर्न इन्टरनेशनल कलेजका एसिष्टेण्ट डाइरेक्टर नविन कुमार श्रेष्ठ, नेपाल युवा उद्यमी मञ्चका स्टार्टअप अध्यक्ष दिलिप पौडेल रहनुहुनेछ । त्यस्तै दोश्रो दिनको सेमिनारमा मुख्य वक्ताको रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, प्रा.डा.गोविन्दराज पोखरेल र प्यानलिष्टको रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्ण बहादुर राउत, बागमती प्रदेश, नीति तथा योजना आयोग, उपाध्यक्ष डा.नरविक्रम थापा, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल राष्ट्र बैंकका उच्च पदस्थ प्रतिनिधि, नेपाल बैकर्स एशोसिएशनका प्रतिनिधि र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना रहनुहुनेछ ।
प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरुको लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग पुग्ने चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने जानकारी दिनुभयो ।
प्रदर्शनीमा नेपाली उद्योगहरुले प्रयोग गरिरहेका उत्पादन प्रक्रिया र प्रविधिको बारेमा जानकारी प्राप्त गर्ने र लघु, घरेलु तथा साना उद्योगीलाई उपयुक्त हुने नविनतम प्रविधि ग्रहण गर्ने अवसर जुटने अनुमान गरिएको छ । प्रदर्शनीमा उद्यमी, उद्यमीका व्यवसायिक परामर्शदाताहरु (इन्जिनियर, अडिटर, बैंकर्स) वितरक, व्यापारी, स्थानीय, प्रदेश सरकार तथा संघीय सरकारका सम्बन्धित मन्त्रालय तथा विभागका उच्च पदस्थ व्यक्तिहरु, नेपाली उद्योगहरुका सञ्चालक, लगानीकर्ताहरु, विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु, आधुनिक प्रविधि उत्पादकहरु, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरु, स्थानीय, प्रदेश तथा संघीय सरकारका औद्योगिक नीति निर्माताहरु तथा जनप्रतिनिधिहरु, कृषक तथा कृषि समूहहरुले अवलोकन चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका संयोजक दिनुप कुमार बरालले जानकारी दिनुभयो ।
त्यस्तै, प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा “चितवनको सम्बृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” आयोजना हुँदैछ । प्रदर्शनीमा सञ्चालन हुने प्रविधि सचेतनामूलक कार्यक्रमका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने लक्ष्य लिइएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” को मुख्य प्रायोजकको रुपमा टेकमाइण्ड नेकवर्क प्रा.लि रहेको छ । त्यस्तै, डायमण्ड प्रायोजकमा मर्कनटायल अफिस सिष्टम, सेन्ट्रल कलेज, गोल्ड प्रायोजकमा डायानमिक टेक्नोसफ्ट प्रा.लि, एस पावर, म्याक्सिमा (हिकभिजन), प्लाटिनियम प्रायोजकमा टेकवल्र्ड डिष्ट्रिव्यूसर्न र डाऊवा टेक्नोलोजी, सिल्भर प्रायोजकमा एनटेक, डट टे«ड र आईटीसिएनटि, पार्टटरको रुपमा ठकरालवन, एक्सपर्ट ल्यापटप सोलुसन, क्लिक सफ्टवेयर, ब्रोडवे इनफोसिस, आकाश एसएमएस, इनोभेसन, अध्यापन रहेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुषालले जानकारी दिनुभयो ।
प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ । यसरी अनलाइटबाट रजिष्ट्रेशन गरी आउने अवलोकनकर्ताहरु मध्ये दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्परको समेत व्यवस्था गरिनेछ ।
प्रदर्शनीमा आउने आन्तरिक तथा बाह्य अवलोकनकर्ताहरुको माध्यमबाट भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न सहयोगी हुने र वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको यस प्रदर्शनीलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि सम्पूर्ण सरोकारवाला निकायहरुबाट पूर्ण सहयोगको अपेक्षा समेत गरिएको छ ।
औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने
प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामा ल्यापटप खरिद गर्न पाईने
भरतपुर÷चितवन उद्योग संघ र कम्प्युटर एशोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा मिति २०८१ बैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने भएको छ । प्रदर्शनीको तयारीको विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो ।
आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना गर्ने तयारी भईरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
सातवटै प्रदेशका उद्योग मन्त्रालयको सिफारिसमा ३–३ वटा निःशुल्क स्टलहरु रहने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने र स्वदेशी तथा विदेशी गरी २५००० भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने छन् । प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, प्रदर्शनीका क्रममा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षण गर्न, ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा ज्ञान अभिवृद्धि गर्न तथा व्यवसायिक सम्बन्ध स्थापित गर्न सहयोग गर्ने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग गर्ने उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
पत्रकार सम्मेलनमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका संयोजक दिनुपकुमार बरालले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । प्रदर्शनीमा नेपाली उद्योगहरुले प्रयोग गरिरहेका उत्पादन प्रक्रिया र प्रविधिको बारेमा जानकारी प्राप्त गर्ने र लघु, घरेलु तथा साना उद्योगीलाई उपयुक्त हुने नविनतम प्रविधि ग्रहण गर्ने अवसर जुटने अनुमान गरिएको छ । प्रदर्शनीमा उद्यमी, उद्यमीका व्यवसायिक परामर्शदाताहरु (इन्जिनियर, अडिटर, बैंकर्स) वितरक, व्यापारी, स्थानीय, प्रदेश सरकार तथा संघीय सरकारका सम्बन्धित मन्त्रालय तथा विभागका उच्च पदस्थ व्यक्तिहरु, नेपाली उद्योगहरुका सञ्चालक, लगानीकर्ताहरु, विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु, आधुनिक प्रविधि उत्पादकहरु, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरु, स्थानीय, प्रदेश तथा संघीय सरकारका औद्योगिक नीति निर्माताहरु तथा जनप्रतिनिधिहरु, कृषक तथा कृषि समूहहरुले अवलोकन गर्ने प्रदर्शनी संयोजक बरालले बताउनुभयो ।
प्रदर्शनीमा “स्टार्टअप सेमिनार” र नेपालको वर्तमान औद्योगिक नीति सम्बन्धि छलफल समेत आयोजना गरिने, औद्योगिक प्रबद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने, उद्यमशिलता प्रेरित कार्यक्रमहरु सञ्चालन हुने, उद्यमीहरुलाई व्यवसायिक साझेदारहरुसँग साक्षत्कार गराइने तथा बिटुबि मिटिङको लागि उपयुक्त अवसर प्राप्त हुनेछ । प्रदर्शनीमा प्लाटिनियम, डायमण्ड, गोल्ड, सिल्भर प्रायोजन र प्रदर्शनी साझेदारको रुपमा विभिन्न उद्योग, प्रतिष्ठानले सहकार्य गर्ने संयोजक बरालले जानकारी दिनुभयो ।
त्यस्तै प्रदर्शनीको अर्को आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुषालले प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवन शाखाले “चितवनको समृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” हुने बताउनुभयो । प्रदर्शनीमा सञ्चालन हुने प्रविधि सचेतनामूलक कार्यक्रमका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने लक्ष्य लिइएको, प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिने भुषालले जानकारी दिनुभयो ।
“छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” को मुख्य प्रायोजकको रुपमा टेकमाइण्ड नेकवर्क प्रा.लि., डायमण्ड प्रायोजकमा मर्कनटायल अफिस सिष्टम, गोल्ड प्रायोजकमा डायानमिक टेक्नोसफ्ट प्रा.लि., एस पावर, बिपिई, म्याक्सिमा (हिकभिजन), सिल्भर प्रायोजकमा एनटिच, सिसिटिभि पार्टनरमा एक्सपर्ट ल्यापटप सोलुसन, सफ्टवेयर पार्टनरमा क्लिक सफ्टवेयर, एजुकेशन पार्टनरमा ब्रोडवे इनफोसिस तथा इनोभेसन पार्टनरको रुपमा अध्यापन रहेको भुषालले जानकारी दिनुभयो ।
प्रदर्शनी अवधिभर टेकमाइण्ड इन्टरनेट जडान गर्ने अवलोकनकर्ताहरुलाई विशेष सहुलियत प्याकेज उपलब्ध गराईनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामा ल्यापटप खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको निःशुल्क मर्मत सेवा लगायतका सुविधा तथा सहुलियत प्रदान गरिने भुषालले जानकारी दिनुभयो ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ । अनलाइनबाट रजिष्ट्रेशन गरी आउने अवलोकनकर्ताहरु मध्ये दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्परको समेत व्यवस्था गरिनेछ । प्रदर्शनीमा आउने आन्तरिक तथा बाह्य अवलोकनकर्ताहरुको माध्यमबाट भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न सहयोगी हुने र वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने समेत आयोजकको विश्वास रहेको छ ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई सह–आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुषालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Industry Academia का विषयमा बालकुमारी कलेज नारायणगढ चितवनमा छलफल पश्चात्
भरतपुर/चितवन उद्योग संघले राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष माननीय नारायण दाहाललाई बधाई ज्ञापन एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल सम्पन्न गरेको छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै संघका परियोजनाहरुको बारेमा संक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो ।
अध्यक्ष दाहाललाई संघको तर्फबाट सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्न आफ्नो तर्फबाट सक्दो प्रयास रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा सम्पूर्ण जनतालाई राहत पुग्ने खालको कानुन निर्माणका लागि आफ्नो पहल रहने साथै औद्योगिक नीति निर्माणमा समेत आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले उद्योग र यसका नीतिगत सुधारका पक्ष र पूर्व अध्यक्ष भेषराज दुवाडीले उद्योग संघले शुरु गरेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, जुरेथुम्का औद्योगिक शिक्षालय र शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा आफ्नो सुझावहरु राख्नुभएको थियो ।
फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै दाहाल पहिलो पटक गृह जिल्ला चितवन आइपुग्नु भएको हो ।
बधाई एवम् छलफल कार्यक्रममा चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु गोविन्द्रप्रसाद खनाल, अनिल अग्रवाल, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चका अध्यक्ष सृजना सोती, कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, संघका कार्यसमिति सदस्य शेषमणी भट्टराई, महिला उद्यमी मञ्चका उपाध्यक्षहरु सरिता खनाल पौडेल, कविता श्रेष्ठ, संघका सञ्चार अधिकृत राजु भट्ट, पाठशाला अधिकृत कल्पना आचार्य लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
भरतपुर/वागमती प्रदेश उद्योग परिसंघको आयोजना र चितवन उद्योग संघको सह–आयोजनामा प्लाष्टिक इन्जेक्सन मोडलिङ मेशिन अप्रेटर सम्वन्धि कामदारहरुको लागि थप सिप तालिमको शुभारम्भ गरिएको छ ।
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न तालिम शुभारम्भ कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष एवम् बामगती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष एवम् कार्यक्रमका प्रशिक्षक स्वागतराज प्याकुरेलले तालिमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु गोपाल प्रसाद गैरे, प्रमेश्वर भण्डारी, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, इन्स्योर परियोजनाका कुश वा गुरुङ, रुपा गुरुङ, चितवन उद्योग संघका कार्य समिति सदस्यहरु सुरेन्द्र कार्की, शेषमणी भट्टराई, वागमती प्रदेश उद्योग परिसंघका कार्यकारी निर्देशक जगन्नाथ लामिछाने, परिसंघका रमेश थापा, चितवन उद्योग संघका पाठशाला अधिकृत कल्पना आचार्य लगायत विभिन्न प्लाष्टिकजन्य उद्योगहरुका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तालिम चैत्र १३ गतेदेखि १६ दिन सम्म चल्ने छ । तालिम शुभारम्भ कार्यक्रमलाई चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तब्य सहित प्रशिक्षकलाई फ्लोर हस्तान्तरण गर्नु भएको थियो ।
रक्तदान सम्बन्धि जरुरी सूचना.................!
चितवन उद्योग संघ महिला उद्यमी मञ्चले नेपाल औषधि उत्पादक संघसँगको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निम्न मिति, समय र स्थानमा आयोजना गर्न लागेको
रक्तदान कार्यक्रममा सहभागी भई सहयोग पु¥याईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
तपसिल ः
मिति ः २०८० फागुन २६ गते, शनिबार
समय ः बिहान ८ः०० बजे
स्थान ः चितवन उद्योग संघको प्राङ्गण, भरतपुर, चितवन
थप जानकारीको लागि ः
चितवन उद्योग संघ, महिला उद्यमी मञ्च
भरतपुर–१०, प्रदर्शनीमार्ग, चितवन
फोनः– ०५६–५९५०५२, ९८४५१५२३९४, ९८५५०६०४२७, ९८४५०८५२५७
उद्योगीहरुलाई जरुरी सूचना ...!
चितवन उद्योग संघले केन्द्रीय छाता संस्था, नेपाल उद्योग परिसंघका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा निम्न मिति, समय र स्थानमा आ.व.०८१/०८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटका लागि दिइने सुझाव सम्बन्धि छलफल तथा अन्तरक्रिया राखिएकोले उद्योगीज्यूहरुले आ–आफ्ना सुझाव सहित सहभागिताको लागि अनुरोध गरिन्छ ।
तपसिल ः
मिति ः २०८० माघ १४ गते, आइतबार
समय ः बिहान ९ः४५ बजेदेखि
स्थान ः चितवन उद्योग संघ, औद्योगिक पाठशाला कक्ष
छलफलका विषय ः
-राजश्व नीति निर्माण तथा वित्तीय सुधार ।
-कर सम्बन्धि ऐन नियममा गर्नुपर्ने सुधार ।
-आयकर, मु.अ.कर सम्बन्धि सुझाव ।
-भन्सार नीति ।
-प्रशासकीय सुधार ।
थप जानकारीको लागि ः
चितवन उद्योग संघ
भरतपुर–१०, प्रदर्शनीमार्ग, चितवन, फोन ः०५६–५९५०५२, ५९६०५२, ५९६८०९
औद्योगिक भ्रमण सम्बन्धि सूचना
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको बार्षिक क्यालेण्डर अनुसार पश्चिम नेपालका औद्योगिक क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण आयोजना गरिएको हुँदा इच्छुक महिला उद्यमीहरुले मिति २०८० माघ २२ गते, सोमबार दिउँसो १ः०० बजेसम्म भ्रमण संयोजक वा संघको सचिवालयमा नाम दर्ता गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
भ्रमण मिति ः २०८० माघ २६ गतेदेखि २८ गतेसम्म
भ्रमण हुने स्थान ः नवलपुर–रुपन्देही औद्योगिक क्षेत्र–नेपालगञ्ज औद्योगिक क्षेत्र कर्णाली पुल हुँदै टिकापुरसम्म
सहभागिता दर्ता शुल्क रु ५,०००।– (खाना÷बस्नको लाग्ने खर्च सहभागी स्वयम्ले व्यहोर्नु पर्नेछ भने, सहभागी शुल्कबाट यातायात तथा व्यवस्थापकीय कार्यमा खर्च गरिनेछ ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्च
भरतपुर–१०, प्रदर्शनीमार्ग, चितवन
सरिता खनाल पौडेल (संयोजक), मो.९८४५१५२३९४, सृजना सोती (अध्यक्ष) मो.९८५५०७५२५७
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सम्बन्धि सूचना