
Chitwan Association of Industries
Bharatpur-10, Pradarsanimarg, Bharatpur"AN ISO 9001:2015 CERTIFIED ORGANIZATION"
प्रेस विज्ञप्ति
मिति ः २०८० असार २८ गते, बिहीबार
चितवन उद्योग संघले स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही मिति २०८० साउन ०६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुर चितवनमा “शनिबारे मेला” Saturday Mart आयोजना गर्न लागेको छ । मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने प्रदर्शनीमा स्थानीय तहहरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनहरुको स्टल रहनेछ ।
प्रदर्शनीमा ताजा फलफुल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, हस्तकलाका सामाग्रीहरु, अण्डा, माछा तथा गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु रहने छन् । प्रदर्शनीमा स्टल राख्न चाहनेहरुको लागि प्रति दिन प्रति स्टल रु १,०००।– सहभागिता शुल्क लाग्नेछ ।
मेला स्थल आसपासमा नीजि तथा सरकारी संस्थाहरुमा कार्यरत २० हजार भन्दा बढी जागिरे, स्थानीय टोल तथा छिमेकी पालिकाहरुका व्यक्तिहरु नै मेलाका मुख्य लक्षित ग्राहकका रुपमा रहनेछन् भने, मेलामा राखिने विशेष परिकार तथा उत्पादनहरु जिल्ला बाहिर पठाउनका लागि समेत बिक्री गरिने लक्ष्य लिइएको छ ।
उत्पादक र उपभोक्ताहरुलाई एउटै छानामुनी प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन १००० भन्दा धेरै स्थानिय खरिदकर्ताको उपस्थिति हुने अपेक्षा राखिएको छ । मेलामा अवलोकन गर्न आउने ग्राहकहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको मेलालाई "Farm to Kitchen"अवधारणा अनुसार उत्पादक र उपभोक्ताहरुको माग बमोजिम आवश्यकता अनुसार परिस्कृत गर्दै नयाँ वस्तु तथा उत्पादनहरु सार्वजनिक गर्ने, खरिदकर्ता तथा विक्रेताको जमघट हुने र उद्यमीहरुको भेटघाट हुने उपयुक्त स्थलको रुपमा विकसित गरिने लक्ष्य लिइएको छ ।
शनिबारे मेलाको उद्देश्यहरु ः
स्थानियहरुलाई एकै स्थानमा जम्मा गराएर अधिकांश उपभोग्य वस्तुहरु एकै ठाउँमा खरिद बिक्री भई आर्थिक गतिविधि चलायमान बनाउन टेवा पु¥याउने ।
स्थानिय खाना तथा खानाको परिकारहरुको स्वाद लिने अवसर प्रदान गर्ने ।
साथीभाई, उद्योगी तथा उद्यम गर्न चाहनेहरुसँग प्रत्यक्ष भेटघाटको अवसर मिल्ने ।
शनिबारे मेलामा विक्रेता÷प्रदर्शकका लागि महत्व ः
स्थानिय कृषक, उद्योगी, कृषी÷कृषक समुह तथा कृषि सहकारीको उत्पादनहरुको विक्रि वितरणका माध्यमबाट प्रतिस्पर्धात्मक लाभ हासिल गर्ने अवसर मिल्ने ।
उद्यम विकास तथा प्रवद्र्धन गर्ने सुनौलो अवसर मिल्ने ।
उत्पादनको ब्राण्डिङ्ग गर्न उपयुक्त माध्यम हुने ।
त्रिलोचन कँडेल
अध्यक्ष
चितवन उद्योग संघ
घरेलु तथा साना उद्योग कार्यालय चितवनको आयोजना र चितवन उद्योग संघ महिला उद्यमी मञ्चको समन्वयमा मिति २०८०/०३/१८ देखिदेखि २४ गतेसम्म बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सातदिने अचार बनाउने तालिम सञ्चालन
भरतपुर/सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजना, बागमती प्रदेश उद्योग परिसंघको समन्वय तथा चितवन उद्योग संघको सहकार्यमा राष्ट्रिय व्यवसायिक योजना प्रणाली, पूर्व सिकाईको मान्यता तथा रोजगार डाटाबेस सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुवाडीले उद्योगीहरुलाई आवश्यक पर्ने कर्मचारीहरुको विवरण सहितको डाटाबेस सहितको पोर्टल र व्यवसायिक योजनाहरुको बारेमा जानकारी दिने उद्देश्य अनुरुप कार्यक्रम राखिएकोमा कार्यक्रमको सफलताको कामना गर्नुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले कार्यक्रमले उद्योगहरुमा दक्ष कर्मचारीहरुलाई टिकाई राख्न कस्ता खाले योजनाहरु आवश्यक पर्दछन् भन्ने विषयमा ज्ञान प्राप्त भएकोले कार्यक्रम फलदायी भएको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा प्राविधिक संयोजक सुकबहादुर चौधरी र मोनिटरिङ्ग अफिसर सन्देश श्रेष्ठले रोजगारदाता डाटाबेस बारे प्रशिक्षण दिनुभएको थियो । सामाजिक विकास मन्त्रालयकी अधिकृत (आठौं) रन माया फ्याकले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरु युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, महिला तथा युवा उद्यमी मञ्चका पदाधिकारी एवम् सदस्यहरु, वस्तुगत समितिका अध्यक्ष एवम् सदस्यहरु लगायतका उद्योगीहरुको उपस्थिति रहेको थियो ।
आर्थिक वर्ष ०८०/०८१ को लागि विकास निर्माण योजनामा प्रयोग हुने निर्माण सामाग्री, मेशिन औजार, कामदारको ज्याला तथा अन्य औद्योगिक उत्पादनको दररेट जिल्ला दररेट लिष्टमा समाविष्ट गराउनका लागि संघको तर्फबाट सुझावको रुपमा पेश गर्नुपर्ने भएकोले संघसँग आवद्ध भएका सदस्य उद्योगका उत्पादनहरु फाइवरका निर्माण सामाग्री, सिमेन्टका निर्माण सामाग्री, मेटलका सामाग्री, स्टील स्टक्चर सामाग्री, पाइप, आल्मुनियम, रंगरोगन, काठ, ढुङ्गा, गिट्टी, वालुवा लगायतको प्रस्तावित दररेट तयार गरी मिति २०७९ असार १५ गते शुक्रबार, दिउँसो २ः०० बजेसम्म संघको ईमेल ः acibharatpur@gmail.com वा चितवन उद्योग संघको सचिवालयमा उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
थप जानकारीको लागि सम्पर्क ः
चितवन उद्योग संघ
भरतपुर–१०, प्रदर्शनीमार्ग, चितवन
फोन ः०५६–५९५०५२, ५९६०५२, ५९६८०९, मो.९८५५०८५५८२
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोग एवम् निजी संस्थाहरुको सहकार्यमा यही मिति २०८० असार १५ र १६ गते होटल स्टार चितवन, रत्ननगरमा हुन गईरहेको ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला–२०८०’ मा संघका सदस्य उद्योगहरुमा चाहिने आवश्यक कर्मचारीहरुको तथ्याङ्क सहितको स्टल राखिने भएकोले सम्बन्धित उद्योगीहरुले आफूलाई चाहिने आवश्यक जनशक्तिको विवरण मिति २०८० असार ११ गते बिहान ११ः०० बजेसम्म तपसिलको ढाँचामा संघको सचिवालयमा उपलब्ध गराउनुहुन जानकारीका साथ अनुरोध गर्र्दछौं । साथै, उक्त दुईदिने मेलामा सम्पूर्ण सदस्यज्यूहरुलाई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।
थप जानकारीको लागि ः
चितवन उद्योग संघ
भरतपुर–१०, प्रदर्शनीमार्ग, चितवन, फोन ः०५६–५९५०५२, ५९६०५२, ५९६८०९, मो.९८५५०३३५५३