• 056-595052, 596052, 596809
  • acibharatpur@gmail.com
News & Notices
News

चितवन उद्योग संघले ३४ औं स्थापना दिवस मनायो

2023-06-25
चितवन उद्योग संघले ३४ औं स्थापना दिवस मनायो

भरतपुर/चितवन उद्योग संघले आफ्नो स्थापनाको ३३ वर्ष पूरा गरी ३४ वर्षमा प्रवेश गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकारले संघले आयोजना गरेको स्थापना दिवसले आफूहरुलाई २०४७ सालतर्फ फर्काएको अनुभव गर्नुभयो । उहाँले उद्योगीहरुको हक, हितको लागि एकजुट गराउने उद्देश्यका साथ संघको परिकल्पना गरिएको र यसले आफ्नो उद्देश्य अनुरुप नै काम, कार्वाहीलाई अगाडि बढाएकोमा खुशी व्यक्त गर्नुभयो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्यसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् पूर्व अध्यक्ष मण्डलका अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य भीम बहादुर पाण्डे, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी, सोमराज मरहट्टा, तारा प्रसाद पौडेल, रत्ननगर समितिका अध्यक्ष गोविन्द प्रसाद खनाल, महिला उद्यमी मञ्चका अध्यक्ष पार्वती सुवेदी कुँबर, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष त्रिलोचन कँडेलले संघको स्थापनाकालदेखि हालसम्म संघको मर्म र भावना बमोजिम अघि बढ्नको लागि सक्रियताका साथ तत्पर भई विभिन्न कालखण्डमा आईपरेका आरोह, अवरोह पार गर्दैै संघको गरिमालाई उच्च राख्न समर्पित सम्पूर्ण पूर्व अध्यक्षहरु, पूर्व कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु एवं अग्रजहरु, वर्तमान कार्यसमितिमा रही संघको गरिमालाई अझै मर्यादित र व्यवस्थित बनाउन लागिरहनु भएका पदाधिकारी एवं सदस्यहरु, वस्तुगत संघका अध्यक्ष एवं सदस्यहरु, पालिका समितिका अध्यक्ष एवं सदस्यहरु, महिला÷युवा उद्यमी मञ्चका अध्यक्ष एवं सदस्यहरु लगायत सम्पूर्ण सदस्य उद्योगीहरुलाई शुभकामना सन्देश समेत व्यक्त गर्नुभयो ।
सोही अवसरमा कार्यक्रम प्रमुख अतिथि, विशिष्ट व्यक्तित्वहरुबाट युवा उद्यमी मञ्चद्वारा प्रकाशित युवा उद्यमी बुलेटिन–२०८० को विमोचन समेत गरिएको थियो । संघ दिवसको अवसरमा गतवर्ष सम्मान कार्यक्रममा सम्मानित हुन छुट्नु भएका संस्थापक सदस्यहरु प्रेम वाग्ले र देवीदत्त गौतमलाई सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।