सातौं राष्ट्रिय उद्योग दिवस सम्पन्न

भरतपुर/घरेलु तथा साना उद्योग कार्यालय र चितवन उद्योग संघको संयुक्त आयोजनामा सातौं राष्ट्रिय उद्योग दिवस सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला उद्योग प्रबद्र्धन समितिका संयोजक कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि कँडेलले उद्योग दिवसलाई उद्योगीहरुले आफ्नो चाडको रुपमा लिनु पर्ने र उद्योगहरुको प्रबद्र्धन र विकासका लागि उद्योग दिवस कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिवसको अवसरमा सम्मानित हुने उद्योग र उद्योग क्षेत्रमा निरन्तर रुपमा लाग्ने सम्पूर्ण उद्योगीहरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले स्वागत मन्तव्य सहित चितवनमा उद्योगको स्थिति सम्बन्धमा कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले Paradigm Shift in Industrial Investment सम्बन्धमा आफ्नो प्रस्तुतिकरण समेत प्रस्तुत गर्नुभएको थियो ।
सातौं उद्योग दिवसको अवसरमा वि.सं.२०२५ साल चैत्र ७ गते उद्योग विभागमा दर्ता भई विभिन्न मितिमा ठाउँसारी र नामसारी, नाम परिवर्तन हुँदै मिति २०४४÷०९÷२९ मा झापा जिल्लाबाट चितवनमा ठाउँसारी भई आएको र दर्ता मितिदेखि हालसम्म अद्यावधिक हुँदै सञ्चालनमा रहेकोले उद्योगको निरन्तरता र श्रीवृद्धिको शुभकामना सहित रौनक स–मिल तथा फर्निचर उद्योगलाई सम्मान गरिएको थियो ।
उद्योग दिवसको अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको अध्यक्ष पदमा निर्वाचित चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, कार्यसमितिको सदस्यहरुमा निर्वाचित संघका उपाध्यक्ष युग राज वस्ती र महिला उद्यमी मञ्चकी कार्यवहाक अध्यक्ष सृजना सोतीलाई बधाई समेत व्यक्त गरिएको थियो । सोही अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समितिको अधिवेशनबाट प्रदेश महिला उद्यमी समिति सदस्यमा निर्वाचित चितवन उद्योग संघ महिला उद्यमी मञ्च कालिकाकी सदस्य बुद्धिमाया घलेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदी, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष तारा प्रसाद पौडेल, संघका पूर्व अध्यक्ष एवम् वागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले उद्योग दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत नारायण प्रसाद लम्साल, चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यसमिति सदस्यहरु चन्द्रकान्त सुवेदी, भोजराज खनाल, प्रतिभा श्रेष्ठ, जितबहादुर हमाल, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, पुरुषोत्तम रिजाल, अमर घिमिरे, दुर्गालाल सापकोटा, वसन्त पौडेल, सुरेन्द्र कार्की, चन्दना कोइराला, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फ्रेबिकेशन उद्योग समितिका पदाधिकारी एवम् सदस्यहरु, पश्चिम चितवन मिल व्यवसायी मञ्चका अध्यक्ष छविलाल ढकाल, औद्योगिक फिडर आन्तरिक व्यस्थापन उद्योग समितिका अध्यक्ष अरुण कुमार पिया, चितवन लोकल तेल उत्पादन सघका अध्यक्ष सुर्दशन पौडेल, गार्मेन्ट उद्योग संघ, चितवनका अध्यक्ष सन्तोषकुमार पाण्डे, होटल व्यवसायी संघ–चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति कँडेल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका कार्यवहाक उपाध्यक्ष सिर्जना सोती, महिला उद्यमी मञ्चका सचिव दक्षिणा गैरे न्यौपाने, महिला उद्यमी मञ्चका सदस्यहरु अम्बिका धिताल, राधा शर्मा, गीता ढकाल, युवा उद्यमी मञ्चका सदस्यहरु मुक्तिनाथ पोखरेल, अश्विन गोले, रमेश पौडेल, सरोज बाबु घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला उद्योग प्रबद्र्धन समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।