भावपूर्ण श्रद्धाञ्जली ...............

चितवन उद्योग संघका कार्यसमिति सदस्य,  चितवन औद्योगिक विकास साकोसका शेयर सदस्य एवं संघको एशोसिएट सदस्य उद्योग करुणा सोप एण्ड केमिकल्स इण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष श्री हरि प्रसाद भट्ट ज्यूका पुजनीय पिता नन्दलाल भट्ट को ९० बर्षको उमेरमा भएको निधनले चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोस  परिवारलाई स्तब्ध बनाएको छ । मृत्यु शोकको यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्ति र सायुज्य प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, शोकसन्तप्त परिवारजन तथा बन्धुबान्धवमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी हार्दिक समबेदना प्रकट गर्दछौं ।