चितवन प्रदर्शनी केन्द्रको स्थलगत अवलोकन सहित औद्योगिक प्रबर्द्धनका विषयमा छलफल सम्पन्न

भरतपुर/ चितवन बागमती प्रदेश सरकारका उद्योग पर्यटन , वन तथा वातावरण मन्त्री माननीय सरेश नेपालज्यूको नेतृत्वको टोलीले चितवन उद्योग संघ परिसरमा निर्माणाधिन चितवन प्रदर्शनी केन्द्रको स्थलगत अवलोकन गरेको छ। प्रदर्शनी केन्द्रको अवलोकन पश्चात् संघको सभाहलमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ ।
 
कार्यक्रममा अध्यक्ष पौडेलले स्वागत गर्दै संघले अघि सारेका परियोजनाहरु र औद्योगिक प्रबर्धनका सम्बन्धमा संघको गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा बोल्दै माननीय मन्त्री नेपालले चितवन उद्योग संघको अभियानबाट आफू प्रभावित भएको र संघको परियोजनाहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बागमती प्रदेश सभाका सभासद माननीय विजय सुवेदी, बागमती प्रदेश उद्योग , पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धु ढुंगानाले चितवन उद्योग संघको सकृयताको प्रशम्सा गर्नु भएको थियो।
 
कार्यक्रममा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेल, घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख यादव नाथ आचार्य, माननीय मन्त्रीज्यूकी धर्म पत्नी कल्याणी नेपाल, स्वकिय सचिव दिपक सुवेदी , निजी सचिव हेम पाठक,मन्त्रालयका अधिकृत बिष्णु भण्डारी, संघका उपाध्यक्षहरु दुर्गा प्रसाद भण्डारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल,घरेलु तथा साना उद्योग कार्यालय चितवनका लेखा अधिकृत नारायण प्रसाद लम्साल, देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल, संघका कार्य समिति सदस्य गोपाल प्रसाद गैरे , प्रशासकीय अधिकृत गोबिन्द प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो।