इच्छाकामना नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघद्वारा सुझाव पेश

इच्छाकामना/चितवन उद्योग संघ इच्छाकामना इकाई समितिले इच्छाकामना गाउँपालिकाको आ.व. २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । सुझाव पत्रलाई चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारी र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा इच्छाकामना गाउँपालिकाका प्रमुख गीता कुमारी गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कार्यक्रमको उद्देश्य सहित संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले कृषि तथा पशुपंक्षी सम्बन्धि, उद्योग तथा रोजगारी र सीप विकास, राजश्व परामर्श सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।
सुझाव पेश कार्यक्रममा इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, गजेन्द्र अधिकारी, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, गोपाल प्रसाद गैरे, संघका कार्यक्रम अधिकृत बिकास भट्ट, इच्छाकामना इकाई समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।