सकियो चितवन उद्योग संघको तीन दिने राष्ट्रिय औद्योगिक भ्रमण

सकियो चितवन उद्योग संघको तीन दिने राष्ट्रिय औद्योगिक भ्रमण 
राजु भट्ट/असार ०४,०५ र ०६ गते
 
भरतपुर/चितवन उद्योग संघको बार्षिक कार्यक्रम अनुसार तीनदिने राष्ट्रिय औद्योगिक अवलोकन भ्रमण शुरु भएको छ । भ्रमण असार ४, ५ र ६ गतेसम्म चल्नेछ । बुधबार बिहान संघको प्राङ्गणबाट शुरु भएको भ्रमण चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको नेतृत्व एवं भ्रमण टोलीका संयोजक संघका उपाध्यक्ष लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा शुरु भएको हो । 
 
होङ्सी सिमेन्ट उद्योगको अवलोकन ः
भ्रमण अन्तर्गत पहिलो दिन असार ४ गते नवलपुर उद्योग संघको कार्यालयमा संघका पदाधिकारीहरुसँग भेटघाट पश्चात नवलपुर उद्योग संघका पदाधिकारी एवं चितवन उद्योग संघको भ्रमण टोलीले संयुक्त रुपमा नवलपुरस्थित होङ्सी सिमेन्ट उद्योगको अवलोकन गरको थियो । भ्रमण टोलीलाई उद्योगका चाइनिज प्रतिनिधिद्वारा सहजीकरण गरिएको थियो । सो अवसरमा उद्योगका प्रतिनिधि र भ्रमण टोलीबीच अन्तरक्र्रिया समेत भएको थियो । अवलोकनको क्रममा होङ्सी सिमेन्टको बजार अवस्था र उत्पादन क्षमताका बारेमा प्रष्ट पारिएको थियो । सम्वत् होङ्सी सिमेन्ट उद्योग नेपालको परिप्रेक्ष्यमा सबैभन्दा ठूलो र उत्पादन क्षमता रहेको उद्योगमा पर्दछ ।
 
एशिएन कंक्रिटो प्रा.लि. ः
अवलोकनको क्रममा भैरहवास्थित एशिएन कंक्रिटो प्रा.लि.को अवलोकन समेत गरिएको थियो । सो अवसरमा त्यस उद्योगबाट उत्पादित विभिन्न प्रकारका ब्रिक, टायल्स, ब्लकहरुको बारेमा जानकारी लिइएको थियो । उक्त कार्यलाई उद्योगका अध्यक्ष मनिष रुम्टा र उपाध्यक्ष श्यामल झाले सहजीकरण गर्नुभएको थियो । त्यस पश्चात टोलीले भैरहवामै रहेको औद्योगिक सेसको अवलोकन समेत गरेको थियो । उक्त सेसका प्रमुख चण्डिकाप्रसाद भट्टको नेतृत्वमा औद्योगिक क्षेत्रमा रहेका सेसहरुको अवलोकन समेत गरिएको थियो । 
 
रुपन्देही उद्योग संघद्वारा स्वागत ः
भ्रमणको पहिलो दिन साँझ रुपन्देही उद्योग संघले चितवन उद्योग संघको अवलोकन भ्रमण टोलीलाई स्वागत गरेको थियो । रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश नं. ५ का संयोजक एवं रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाद आलम, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, संघका गभर्निङ काउन्सिल संयोजक हरिप्रसाद सुवेदी, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठ, औद्योगिक क्षेत्र उद्योग संघ रुपन्देहीका अध्यक्ष लिलामणि भट्टराईलगायतले रुपन्देही उद्योग संघ र चितवन उद्योग संघ बीचको सम्बन्ध र सहकार्यका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो । रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहराले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम संघका महासचिव कृष्ण पराजुलीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा चितवन औद्योगिक साकोसका अध्यक्ष एवं संघका उपाध्यक्ष त्रिलोचन कँडेलले सहकारी सञ्चालन प्रक्रिया, कार्य्विधिका विषयमा नविनत्तम औद्योगिक सहकारीसँग सहकार्य सम्बन्धमा प्रकाश पार्नुभएको थियो । 
बुधबार र बिहीबार चलेको अवलोकन भ्रमणमा कार्यसमिति सदस्य प्रकाशचन्द्र भट्टराई, गोपालप्रसाद गैरे, कालीका इकाई सदस्य कल्पना आचार्य, महिला उद्यमी सदस्य दक्षिणा न्यौपानेको टोलीले सांगेतिक माहोल बनाएको थियो । सो अवसरमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष एवं सम्पूर्ण उद्योगीहरुले जोक्स, मुक्तक प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विभिन्न क्षेत्रगत रुपमा भ्रमणलाई सफल पार्नुभएको भन्दै सहभागीहरुलाई विभिन्न चरणहरुबाट सम्मान गरिएको थियो ।
 
रुपाकोट रिसोर्टका सञ्चालक र भ्रमण टोलीबीच अन्तरक्र्रिया ः 
चितवन उद्योग संघको भ्रमण टोलीद्वारा भ्रमणको तेस्रो दिन शुक्रबार गण्डकी प्रदेश अन्तर्गत रुपाकोट गाउँपालिकास्थित रहेको रुपोकोट रिसोर्ट लगायत त्यहाँ रहेका भौगोगिक क्षेत्रको अवलोकन गरिएको थियो । पर्यटकीय गन्तव्यको रुपमा विकास भएको रुपाकोट गाउँपालिकामा रुपाकोट रिसोर्टसँगै प्रचुर सम्भावना रहेको भ्रमणका क्रममा पाइयो । भौगोगिक विविधता, मनमोहक दृश्यावलोकन र त्यस क्षेत्रका कृषि उत्पादनहरु पर्याप्त मात्रमा प्रयोग हुने हुँदा त्यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकहरुको सम्भावना रहेको रुपाकोट रिसोर्टका अध्यक्ष एवं प्रबन्ध निर्देशक पुष्पराज अधिकारीले जानकारी दिनुभयो । उहाँले चितवन उद्योग संघको सहकार्यमा अघि बढेको भ्रमणको सफलताको काममना समेत गर्नुभयो । सो अवसरमा रिसोर्ट सञ्चालक र अवलोकनमा सहभागीहरुले एकआपसमा आ–आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए । 
 
औद्योगिक अवलोकन भ्रमण टोलीबीच समिक्षा ः
चितवन उद्योगका कार्यसमिति, गभर्निङ काउन्सिल, इकाई समितिका पदाधिकारीहरु, महिला उद्यमी मञ्च, युवा उद्यमी मञ्च एवं भ्रमणमा सहभागी उद्योगीहरुबीच रुपाकोट रिसोर्ट प्राङणमा केही समय तीन भ्रमणका अवधिमा भएका गतिविधिहरुको समिक्षा गरिएको थियो । संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न समिक्षा बैठकमा गर्भिनङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदीले सहभागीहरुबाट भ्रमणका क्रममा भएका ५ वटा महत्वपूर्ण सुझाव र ५ वटा सुधार गर्नुपर्ने सुझाव संकलन गर्नुपर्ने, भ्रमणका क्रममा भएका सम्पूर्ण गतिविधिहरुलाई दस्तावेजका रुपमा उतार्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै बरिष्ठ उपाध्यक्ष राजु पौडेलले भ्रमणले उद्योगीहरुमा तनावमुक्त र स्फूर्ति रहेको साथै भ्रमण अवधिमा सबैको स्वास्थ्यमा समस्या नदेखिएकोले भ्रमण निकै फलदायी भएको बताउनुभयो । त्यस्तै उपाध्यक्ष एवं चितवन औद्योगिक साकोसका अध्यक्ष त्रिलोचन कँडेलले भ्रमणको लागि समय अझ कम भएको अब हुने भ्रमणमा अझ व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । त्यस्तै भ्रमण टोलीका संयोजक एवं उपाध्यक्ष लक्ष्मण प्रसाद अर्यालले भ्रमणमा सहभागी भएर आवश्यक अनुसारको सहयोग पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद सँगै आफ्नो संयोजकत्वमा सम्पन्न औद्योगिक भ्रमणमा केही सुझावहरु भए आफूले अब हुने यस्ता खाले भ्रमणमा सच्चाउदै जाने हुँदा केही प्रतिक्रियाहरु दिनुहुन समेत भ्रमणमा सहभागीहरुलाई आग्रह समेत गर्नुभयो । त्यस्तै उपाध्यक्ष एवं खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठले भ्रमणले आफूलाई थप उर्जा समेत थपेको र आफूले यो अवसर पाएकोमा खुशी समेत व्यक्त गर्नुभयो । 
त्यस्तै समिक्षा बैठकमा इच्छाकामना गाउँपालिका इकाई समितिका संयोजक अमरबहादुर अधिकारी, महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल, कार्यसमिति सदस्य युग राज वस्ती, कालिका इकाई समितिका संयोजक एवं कार्यसमिति सदस्य प्रकाशचन्द्र भट्टराईलगायतले भ्रमणले उद्योगीहरुबीच भेटघाट गर्ने सुमधर वातावरण बनाएको, औद्योगिक क्षेत्रका गतिविधिहरुलाई एकआपसमा बुझने अवसर मिलेको र समग्रमा निकै महत्वपूर्ण रहेको साथै भ्रमणको लागि समय केही कम भएकोले समेत जिज्ञासा राख्नुभएको थियो । 
 
पोखरा औद्योगिक क्षेत्र उद्योग संघद्वारा स्वागत ः
तिनदिने भ्रमणको सिलसिलामा गण्डकी प्रदेश पुगेको चितवन उद्योग संघको औद्योगिक भ्रमण टोलीलाई पोखरा औद्योगिक क्षेत्र उद्योग संघले एक कार्यक्रमका बीच स्वागत गरेको छ ।  पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष बलभद्र नकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो । स्वागत कार्यक्रममा चितवन उद्योग संघका प्रथम महिला शारदा दुवाडी, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका निवर्तमान अध्यक्ष नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश संयोजक विनोद शर्मा न्यौपाने, पोखरा स्टिल फेब्रिकेटसका अध्यक्ष यमबहादुर पौडेल, सल्लाहकार चन्द्रबहादुर राजभण्डारी, चितवन उद्योग संघ गभर्निङ काउन्सिल संयोजक हरिप्रसाद सुवेदी, बरिष्ठ उपाध्यक्ष राजु पौडेल लगायतले चितवन उद्योग संघ र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबीचको सहकार्य र उद्योग सञ्चालन प्रक्रियाका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । 
पोखरा औद्योगिक क्षेत्र उद्योग संघका महासचिव दिपेन्द्र बस्ताकोटीले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवन र कास्कीका उद्योगीहरु बीच एकसमय अन्तक्र्रिया गरिएको थियो । उक्त अन्तरक्र्रियामा दुबै क्षेत्रका उद्योगहरुको अवस्था, उद्योगीहरुबीचको सहकार्य र सहयोगका विषयमा छलफल गरिएको थियो । स्वागत कार्यक्रमलाई पोखरा औद्योगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष सुरेन्द्र बहादुर श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । 
 
पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका उद्योगहरुको अवलोकन ः 
चितवन उद्योग संघको औद्योगिक भ्रमण टोलीले पोखरास्थित पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत रहेका आधा दर्जन भन्दा बढी उद्योगहरुको अवलोकन गरेको छ । टोलीले औद्योगिक क्षेत्र भित्र रहेका माछापुच्छ«े मेटल एण्ड मेशिनगरी वर्कशप प्रा.लि, हिमश्री फुड्स प्रा.लि., गण्डकी मेशिनरी उद्योग, पञ्चकन्या मेटल उद्योग लगायतका उद्योगहरुको अवलोकन गरिएको थियो । सो अवसरमा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका व्यवस्थापक भुषण उपाध्यायले त्यस क्षेत्रभित्र रहेका उद्योगहरुको अवस्था र सञ्चालन प्रक्रियाको बारेमा प्रष्ट पार्नुभएको थियो ।  
भ्रमणमा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, प्रतिभा श्रेष्ठ, कार्यसमिति सदस्यहरु विक्रम सापकोटा, मदन चिरञ्जीवि पोखरेल, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, जितबहादुर हमाल, युग राज वस्ती, गोपालप्रसाद गैरे, प्रकाशचन्द्र भट्टराई, ईश्वरीप्रसाद रिजाल रहनुभएको थियो । त्यस्तै भ्रमणमै इच्छाकामना इकाई समितिका संयोजक अमरबहादुर अधिकारी, महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल, महिला मञ्चका सदस्यहरु सुमित्रा दाहाल, दक्षिणा गैरे न्यौपाने, युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरे, खैरहनी इकाई सदस्य टिकादत्त अधिकारी, कालिका इकाई सदस्यहरु चन्द्रकान्त सुवेदी, कल्पना आचार्य, राप्ती इकाई सदस्य लक्ष्मण पुन, माडी इकाई सदस्य चिरञ्जीवि बराल, संघका सदस्यहरु शारदा दुवाडी, राधिका कँडेल, सुस्मिता लामिछाने, औद्योगिक साकोसका कोषाध्यक्ष धनप्रसाद पोखरेल, सदस्य युवराज बस्याल रहनुभएको छ । त्यस्तै भ्रमणमा संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, परियोजना व्यवस्थापक ई.रोचक अधिकारी, चितवन औद्योगिक साकोस व्यवस्थापक प्रमिला थापा, आईटी अफिसर राजु भट्ट लगायतको उपस्थिति रहेको थियो । औद्योगिक अवलोकन भ्रमणमा ३६ जना उद्योगीहरुको सहभागिता रहेको भ्रमण संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मणप्रसाद अर्यालले जानकारी दिनुभयो ।