सकियो ऐन, कानूनको अभिमुखीकरण तथा कर प्रणाली सम्बन्धि तिनदिने तालिम

कालिका/चितवन उद्योग संघ कालिका इकाई समितिको आयोजना तथा कालिका नगरपालिकाको सहकार्यमा उद्योग क्षेत्रसँग सम्बन्धित ऐन, कानूनको अभिमुखीकरण तथा कर प्रणाली सम्बन्धि तिनदिने तालिमको समापन गरिएको छ । 

चितवन उद्योग संघ कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल प्रमुख अतिथि रहनुभएको थियो । भने, कालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अचुतराज रेग्मी विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कालिका क्षेत्रका उद्योगीहरुलाई लक्षित गरी सञ्चालन गरिएको तीनदिने तालिमले उद्योगीहरुमा कर प्रणाली, ऐन, कानूनका विषयमा ज्ञान आर्जन भएको र तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । 
त्यस्तै विशिष्ट अतिथि कालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अचुतराज रेग्मीले संघले आयोजना गरेको तालिमले वास्तविक उद्योगीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उद्योग सञ्चालन गर्नेहरुले अबको दिनमा कर, ऐन, कानूनको विषयमा जानकार हुनुपर्ने हुँदा यस्ता खाले कार्यक्रमहरु उपलब्धीमूलक हुने उहाँले बताउनुभयो । 
तिनदिन सम्म सञ्चालन तालिममा पहिलो दिन कालिका नगरपालिकाका उद्योग शाखा प्रमुख एवं तालिमका प्रशिक्षक प्रकाशचन्द्र पौडेल, दोश्रो दिन आन्तरिक राजश्व कार्यालयका करदाता सेवा शाखाका अधिकृत सुशिल लम्साल र तेश्रो दिन घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले तालिम दिनुभएको थियो । तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रहरु समेत वितरण गरिएको थियो । 
तालिममा सहभागीको तर्फबाट बि।एम।हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेले तालिम अवधिमा सिकेका कुराहरुलाई आफूहरुले व्यवहारमा उतार्न सकेमात्र तालिमको महत्व हुने बताउनुभयो । तालिमले आफूहरुलाई निकै लाभ मिलेको समेत उहाँले बताउनुभयो । 
चितवन उद्योग संघ कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले स्वागत मन्तव्य राख्नु भएको समापन कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, भीमोदय माध्यमिक विद्यालयका प्राचार्य डा।हरिप्रसाद कँडेल, चितवन उद्योग संघका कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, कालिका इकाई समितिका सदस्यहरु, कालिका क्षेत्रका उद्योगीहरुको सहभागिता रहेको थियो । 
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले धन्यवाद मन्तव्य सहित तालिमको समापन गर्नुभएको थियो ।  
कार्यक्रम सकिए लगत्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको नेतृत्वमा कालिकामा महिलाहरुले सञ्चालन गरेको बि।एम।हस्तकला प्रशिक्षण उद्योगको समेत अवलोकन गरिएको थियो ।