राष्ट्रिय प्रजातन्त्र दिवसमा प्रभातफेरी

भरतपुर/७० औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७६ को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । आजभन्दा ७० वर्ष अघि २००७ सालमा एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो ।

भरतपुरको गेष्टहाउस चौरबाट शुरु भएको प्रभातफेरी हस्पिटल रोड, चौबीसकोठी, दुरसञ्चार हुँदै जिल्ला समन्वय समितिको कार्यालयमा आएर टुङ्गिएको थियो ।

प्रभातफेरीमा चितवन उद्योग संघको तर्फबाट अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, युग राज वस्ती, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, दिनुपकुमार बराल, परमेश्वर भण्डारी, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायक साबित्री पौडेललगायतको उपस्थिति रहेको थियो ।
प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र स्थापनाका लागि चार सहिद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ सालमा बलिदानी दिएका थिए । उनीहरुलाई राणा शासनविरुद्ध षड्यन्त्रको आरोपमा मृत्युदण्ड दिइएको थियो ।
प्रभातफेरी पछि जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुबाट शहीदहरुको तस्वीरमा माल्यापर्ण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सभासद् कृष्णभक्त पोखरेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह, जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।