भावपूर्ण श्रद्धाञ्जली

चितवन उद्योग संघ महिला उद्यमी मञ्च कार्यसमिति सदस्य तथा चितवन औद्यौगिक विकास साकोसकी शेयर सदस्य, हस्तकला नेपाल प्रा.लि.की सञ्चालिका सुमित्रा दाहालज्यूको पुजनीय पिता षडानाथ घिमिरेज्यूको ९३ बर्षको उमेरमा भएको दुःखद निधनले चितवन उद्योग संघ÷चितवन औद्योगिक विकास साकोस परिवारलाई स्तब्ध बनाएको छ । मृत्यु शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, शोकसन्तप्त परिवारजन तथा बन्धुबान्धवमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी हार्दिक समबेदना प्रकट गर्दछौं ।
समवेदना प्रकट कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, महिला उद्यमी मञ्चकी उपाध्यक्ष पार्वती कुँबर, कार्यसमिति सदस्य दक्षिणा गैरे न्यौपाने, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।