भट्टराईद्वारा चितवन उद्योग संघलाई सहयोग

भरतपुर/चितवन उद्योग संघद्वारा निर्माण भईरहेको चितवन प्रदर्शनी केन्द्रलाई लण्डन निवासी समाजसेवी मिलन भट्टराईद्वारा पाँचलाख रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । उहाँले एक कार्यक्रमको बीच चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गभनिङ्ग काउन्सिलका संयोजक तारा प्रसाद पौडेल, संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला एवं युवा उद्यमी मञ्चका सदस्यहरुको उपस्थिति रहेको थियो । रकम हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले कार्यक्रमका प्रमुख अतिथि मिलन भट्टराईलाई माल्यपार्पण र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।  
रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मणप्रसाद अर्यालले मिलन भट्टराईको व्यक्तित्व बारेमा चर्चा गर्नुको साथै कार्यक्रमको समापन गर्नुभएको थियो ।