दुईवर्षे कार्ययोजना सहित सकियो चितवन उद्योग संघको कार्ययोजना तर्जुमा गोष्ठी

भरतपुर, १३ कार्तिक/३० औं बार्षिक साधारणसभा एवं १६ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो दुईवर्षे कार्यकालका लागि विशेष कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
कार्ययोजना तर्जुमा गोष्ठीमा संघका अध्यक्ष त्रिलोचन कँडेलले कार्यक्रमको उद्देश्य सहित १६ औं कार्यसमितिको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदीले संघको इतिहासका विषयमा, पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीले संघको मर्म भावना र संघको गरिमाको लागि गर्नुपर्ने कदमका विषयमा, निवर्तमान अध्यक्ष राजु पौडेलले शक्तिखोर औद्योगिक क्षेत्रको विषयमा योजना सहित आफ्ना धारणाहरु राख्नुभएको थियो ।
अध्यक्ष कँडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम अनुरुप संघका उपाध्यक्षहरु, महिला÷युवा उद्यमी मञ्चका अध्यक्षहरुले आ–आफ्नो विभागको दुईवर्षे कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्ययोजना गोष्ठीमा उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले सहकारी व्यवस्थापन, औद्योगिक प्रदर्शनी तथा बिक्री केन्द्र सञ्चालन विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको अध्यक्षता संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारीले गर्नुभएको थियो । उक्त विभागका सदस्यहरुमा दण्डपाणी भट्ट, दिनुप कुमार बराल, चन्द्र कान्त सुबेदी, पार्वती कुबँर, सुमित्रा दाहाल, अश्विन गोले रहनुभएको थियो ।
त्यस्तै, उपाध्यक्ष मदन घिमिरेले आर्थिक योजना तथा निर्माण विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको अध्यक्षता संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेलले गर्नुभएको थियो । उक्त विभागका सदस्यहरुमा परमेश्वर भण्डारी, अमर घिमिरे, चन्दना कोइराला, सृजना सोती, अनिष पौडेल रहनुभएको थियो ।
त्यस्तै, उपाध्यक्ष गजेन्द्र अधिकारीले सचिवालय विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको अध्यक्षता संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले गर्नुभएको थियो । विभागको सदस्यहरुमा जित बहादुर हमाल, गोपाल प्रसाद गैरे, पुरुषोत्तम रिजाल, दक्षिणा न्यौपाने गैह्रे, गीता ढकाल, सरोज बाबु घिमिरे रहनुभएको थियो ।
त्यसैगरी उपाध्यक्ष युग राज वस्तीले नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको अध्यक्षता संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदीले गर्नुभएको थियो । विभागको सदस्यहरुमा गोपाल प्रसाद गैरे, डा. प्रमोद लामिछाने, सुरेन्द्र कार्की, वसन्त पौडेल, राधा शर्मा, रमेश पौडेल रहनुभएको थियो ।
त्यस्तै, उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेलले सदस्यता विस्तार तथा औद्योगिक भ्रमण विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको अध्यक्षता संघका अध्यक्ष त्रिलोचन कँडेलले गर्नुभएको थियो । विभागको सदस्यहरुमा गोविन्द प्रसाद खनाल, युवराज पाठक, सुदिप कुमार ओली, भोजराज खनाल, नरबहादुर नेपाल, महेन्द्र बानियाँ, सरिता खनाल पौडल, मुक्तिनाथ पोखरेल रहनुभएको थियो ।
त्यसैगरी, उपाध्यक्ष तारा बहादुर कार्कीले उद्यमी समन्वय एवम् औद्योगिक राहत कोष व्यवस्थापन विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको अध्यक्षता संघका निवर्तमान अध्यक्ष राजु पौडेलले गर्नुभएको थियो । विभागको सदस्यहरुमा प्रतिभा श्रेष्ठ, दुर्गालाल सापकोटा, विशाल चापागाईँ, अम्बिका धिताल रहनुभएको थियो ।
कार्ययोजना गोष्ठीमा महिला उद्यमी मञ्चको तर्फबाट कार्यवहाक अध्यक्ष सृजना सोतीले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो । उक्त सेसनको अध्यक्षता संघका उपाध्यक्ष युग राज वस्तीले गर्नुभएको थियो ।
त्यसैगरी युवा युवा उद्यमी मञ्चको तर्फबाट अध्यक्ष सुरेन्द्र कार्कीले प्रस्तुतिकरण राख्नुभएको थियो । उक्त सेसनको अध्यक्षता संघका संघका उपाध्यक्ष मदन घिमिरेले गर्नुभएको थियो ।
उपाध्यक्षहरु, महिला/युवा उद्यमी मञ्चबाट प्रस्तुत योजनाहरुका विषयमा सहभागी उद्योगीहरुबाट जिज्ञासाहरु समेत आएका थिए । आएका जिज्ञासाहरुलाई सम्बन्धित सेसनका अध्यक्षहरु र सम्बन्धित विभागका संयोजकहरुले प्रष्ट्याउनु भएको थियो ।
संघका उपाध्यक्ष मदन घिमिरेको संयोजकत्वमा सम्पन्न कार्ययोजना तर्जुमा गोष्ठीको सहजीकरण चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले गर्नुभएको थियो । भने कार्यक्रमलाई संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।