चितवन उद्योग संघलाई ब्यूटिसियनहरुको ज्ञापनपत्र

कोरोना संक्रमणका कारण वन्द रहेको आफनो पेशा खुलाउन पर्ने माग राख्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटीले बुधबार जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ–चितवन लगायतको संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । 
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललाई कमिटीकी अध्यक्ष सिता गुरुङ्ग र सचिब लक्ष्मी अमगाई द्धारा हस्ताक्षरीत ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापनपत्रमा व्युटिपार्लर बन्द गरेर संक्रमण समाप्त हुने होइन संक्रमण समाप्त गर्न सबै सचेत हुन जरुरी छ । र हामी सौन्दर्यकर्मीहरु संक्रमणका बारेमा सचेत छौं भनिएको छ । यसरी बन्द हुँदा महिलाहरु डिप्रेशनको शिकार भई आत्महत्या समेत गर्न सक्ने खतरा बढेकाले अबिलम्ब पेशा सुचारु गर्न पाउनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको थियो । ज्ञापनपत्र वितरण कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल लगायतको सहभागिता रहेको थियो ।