चितवन उद्योग संघबाट रंगशालाको लागि ६३ लाख ७७ हजार २ सय २२ सहयोग

भरतपुर/हामी बनाउँछौ, हाम्रो रंगशाला भन्ने मूल नारा सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ श्रीमद्भागवत महापुराण एवं धनधान्याचल महोत्सव–२०७६ को पाँचौ दिन काठमाण्डौंमा आयोजित घोषणा कार्यक्रममा चितवन उद्योग संघको तर्फबाट क्रिकेट रंगशालाको लागि दिने भनिएको ५१ लाख रुपैयाँ मध्ये १२ लाख ७५ हजार रुपैयाँ प्रदान गरिसकिएको र धनधान्याचलको पाँचौ दिन त्यसमा रकम थप गरी ६३ लाख ७७ हजार २ सय २२ रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरिएको छ ।
 
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले उक्त बोलकबोल रकम धनधान्याचलको पाँचौ दिन कार्यक्रमका प्रमुख वाचक दिनबन्धु पण्डित, कार्यक्रमका संयोजक प्रदेश सभा सदस्य विजय सुवेदी, धुर्मुस सुन्तली फाण्डेशनका अध्यक्ष सिताराम कट्टेल ९धुर्मुस०, उपाध्यक्ष कुञ्जना घिमिरे ९सुन्तली०लगायत हजारौं भक्तजनको उपस्थितिमा घोषणा गर्नुभएको थियो । बोलकबोल रकम एवं अन्य सामाग्रीहरु चितवन उद्योग संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्षहरु एवं सदस्यहरुबाट दिने गरी रंगशाला निर्माणको लागि दिइने निर्णय समेत गरियो ।
 
रकम हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, निवर्तमान अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्ष भीमबहादुर पाण्डे, उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, बिष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, गोपाल प्रसाद गैरे, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, पुरुषोत्तम रिजाल, महिला उद्यमी मञ्चकी अध्यक्ष एवं कार्यसमिति सदस्य सुधा सुवेदी पौडेल, युजा उद्यमी मञ्चका अध्यक्ष कार्यसमिति सदस्य अमर घिमिरे, परमेश्वर भण्डारी, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।