चितवन उद्योग संघद्वारा माडी नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश

माडी/चितवन उद्योग संघ माडी इकाई समितिले माडी नगरपालिकाको आ.व. २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । सुझाव पत्रलाई चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनाल र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई हस्तान्तरण गर्नु भएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कार्यक्रमको उद्देश्य सहित संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले कृषि तथा पशुपंक्षी सम्बन्धि, उद्योग तथा रोजगारी र सीप विकास, राजश्व परामर्श सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नु भएको थियो ।
सुझाव पेश कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जन गौतम, योजना शाखा प्रमुख रवि शंकर शाह, राजश्व शाखाका सन्तोष सुवेदी, सुचना प्रविधि अधिकृत प्रविन भण्डारी, उद्यमी सहजकर्ता सन्तोष खडका र अस्मिता गौतम, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवि पोखरेल, गोपाल गैरे र पुरुसोत्तम रिजाल, चितवन उद्योग संघ, माडी इकाई समितिका कोषाध्यक्ष नारायण दत्त रिजाल, सदस्य प्रेमनाथ भुसाल लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यक्रम अधिकृत बिकास भट्टले सञ्चालन गर्नु भएको सुझाव पेश कार्यक्रमलाई चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनालले धन्यवाद मन्तव्य सहित समापन गर्नु भएको थियो ।