चितवन उद्योग संघको अभियानमा इच्छाकामना गाउँपालिकाको सहयोग

इच्छाकामना/औद्योगिक राहत कोष सञ्चालन मार्फत गाउँपालिकाभित्र उद्योगको स्थापनामा प्रोत्साहन गर्ने, भईरहेका उद्योगहरुलाई संरक्षण र प्रवर्धन गर्ने तथा उद्योग सञ्चालन गर्दा सिर्जना हुन सक्ने विषम परिस्थितिका कारण आइपर्ने व्यवसायिक जोखिमयुक्त समस्यामा तत्कालका लागि आर्थिक उपलब्ध गराउने उद्देश्य अनुरुप चितवन उद्योग संघ इच्छाकामना इकाई समिति र इच्छाकामना गाउँपालिकाबीच एक कार्यक्रमका बीच सम्झौता गरिएको छ । 
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भन्नुभयो –औद्योगिक प्रबर्द्धनका सम्बन्धमा चितवन उद्योग संघको अभियान र गतिविधिको प्रशंसनीय छ । तपाईहरु अगाडी बढ्नुस गाउँपालिका यहाँहरुको साथमा छ । त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष कँडेलले चितवन उद्योग संघ आफ्ना इकाई कार्यालयहरु मार्फत रोजगारी सिर्जना, औद्योगिक तथ्याङ्क संकलन र उद्योगी क्षमता अभिवृद्धिका लागि स्थानीय पालिकाको सहकार्यमा अघि बढी रहेको र इच्छाकामना गाउँपालिकाको सहकार्यबाट उत्साहित भएको उल्लेख गर्नुभयो ।
सम्झौता पत्रमा चितवन उद्योग संघका तर्फबाट संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, इच्छाकामना इकाई समितिका अध्यक्ष अमर बहादुर अधिकारी र इच्छाकामना गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले हस्ताक्षर गर्नुभएको छ । 
सम्झौता भएसँगै चितवन उद्योग संघ इच्छाकामना इकाई समितिले मानव नियन्त्रण बाहिरका प्रकोपहरुका कारण सिर्जना हुने जोखिममा पनि उद्योग सञ्चालनमा निरन्तरता दिने, उद्योगीहरु तथा उद्योगका कर्मचारीहरुलाई आवश्यक तालिम तथा विकास कार्यक्रमहरु सञ्चालन माफर्त जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तथा उद्यमीशिलतामा दिगो रुपमा टिकाउन सहयोग पु¥याउने, पुनर्ताजगिकरणका कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय जनशक्तिलाई स्वरोजगार बनाउने आधार तयार गर्ने तथा गाउँपालिकाको राजश्व वृद्धिमा सहयोग पु¥याउने लक्ष्य समेत लिएको छ ।
इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका निर्देशक नरबहादुर नेपाल लगायतको उपस्थिति रहेको थियो ।