केरा उत्पादक संघद्वारा स्वागत एवं बधाई

केरा उत्पादक संघद्वारा स्वागत एवं बधाई
रत्ननगर÷चितवन केरा उत्पादक संघ रत्ननगरले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठलाई स्वागत एवं बधाई सम्पन्न गरेको छ ।  
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लामा भर्खरै मात्र आउनुभएका प्रमुख जिल्ला अधिकारी र उद्योग एवं वाणिज्य क्षेत्रमा प्रतिनिधित्व गर्ने संस्थाका नवनिर्वाचित अध्यक्षहरुलाई स्वागत एवं बधाई ज्ञापन गरिएको थियो । 
स्वागत एवं बधाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केरा उत्पादकका समस्यालाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । 
त्यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले केरा उत्पादकहरुले नयाँ टेक्नोलोजीसँगै प्रविधिलाई भित्रयाएर व्यवसायिक रुपमा जानु पर्ने र केरा उत्पादकका नीतिगत समस्यालाई नेपाल उद्योग परिसंघ छलफल एवं सहकार्य गरेर समस्या समाधानमा लाग्न उद्योग संघ तयार रहेको बताउनुभयो । 
त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले केरा व्यवसायीहरुले उत्पादन गरेका उत्पादनलाई बजारीकरणका लागि सहजीकरण गर्न आफुहरु तयार रहेको बताउनुभयो । 
कार्यक्रम पश्चात रत्ननगर क्षेत्रका केरा बगानहरुको स्थलगत अवलोकन समेत गरिएको थियो । अवलोकनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो लगायतको सहभागिता रहेको थियो ।