उद्योगीहरु र सुरक्षा निकायका प्रमुखहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न

भरतपुर/चितवनका सुरक्षा निकायका प्रमुखहरु र उद्योगीहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक रविन कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दयाकृष्ण भट्ट र उद्योगीहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कार्यक्रमको उद्देश्यसँगै स्वागत मन्तव्य राख्नुभएको परिचयात्मक कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संस्थापक अध्यक्ष दिल बहादुर ताम्राकार, पूर्व अध्यक्षहरु सोमराज मरहट्टा, हरिप्रसाद सुवेदी, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, रत्ननगर इकाई समितिका अध्यक्ष एवं उपाध्यक्ष गजेन्द्र अधिकारी, उपाध्यक्ष युग राज वस्ती, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, बिष्णु प्रसाद पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, महिला उद्यमी मञ्चकी अध्यक्ष एवं कार्यसमिति सदस्य सुधा सुवेदी पौडेल, युवा उद्यमी मञ्चका अध्यक्ष एवं कार्यसमिति सदस्य अमर घिमिरे, कार्यसमिति सदस्य वसन्त बहादुर पाण्डे, महिला उद्यमी मञ्चका सदस्य दक्षिणा गैरे न्यौपाने, युवा उद्यमी मञ्चका सदस्य मुक्तिनाथ पोखरेल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायक सावित्री पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख व्यक्तित्व जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले चितवन उद्योग संघले आफू लगायतका सुरक्षा क्षेत्रमा भर्खरै मात्र आउनु भएका अफिसरहरुसँग परिचय कार्यक्रम राखेकोमा संघप्रति आभार व्यक्त गर्नुभयो । गुरुङले औद्योगिक सुरक्षाको लागि आफ्नो संगठनबाट कुनैपनि कन्जुस्याई नहुने समेत बताउनुभयो । उद्योगीहरुले ढुक्क भएर औद्योगिक सुरक्षामा आएका समस्याहरुलाई विना संकोच राख्न समेत आग्रह गर्नुभयो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका उपाध्यक्ष एवं सरकारी एवं गैर सरकारी समन्वय तथा औद्योगिक शिक्षालय निर्माण विभागका संयोजक त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।