इच्छाकामनाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

इच्छाकामना/चितवन उद्योग संघ इच्छाकामना इकाई समितिको सहकार्यमा इच्छाकामना क्षेत्रका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरियो । सामाजिक उत्तर दायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ र चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले संयुक्त रुपमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालिदास धौबजी, ईलाका प्रहरी कार्यालय, मुग्लिङका प्रहरी निरीक्षक सूर्य राना, पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ प्रदेश परिषद् सदस्य हिरालाल गुरुङलाई स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्ती, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, बिष्णु पौडेल, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।